News Portal

नेकपा स्थायी कमिटी बैठक बस्दै

रातोपोस्ट संवाददाता
८३८ पटक

काठमाडौं,असार १० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकको एजेन्डा औपचारिक रूपमा तय गरिएको छैन। तर, एमसिसी, सरकारका पछिल्ला काम, क‍ोरोना रोकथाममा सरकारको भूमिका र विवादलगायतका विषयमा छलफल हुनसक्ने सचिवालय सदस्यहरूको भनाइ छ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट पनि कुनै प्रतिवेदन पेश नहुने निश्चित भएको छ। मुख्यतः एमसिसीको विषयमा अध्यक्षद्वयको समान धारणा बन्न नसक्दा प्रतिवेदन तयार हुन नसकेको हो।

सरकारले गत वैशाखमा दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि नेकपामा स्थायी कमिटीको बैठकको माग हुँदै आएको थियो। तर, आफ्नो आलोचना हुने भयले ओलीले बैठक टार्दै आएका थिए।

प्रतिकृया दिनुहोस्