News Portal

दुबै पद नछाड्ने ओलीको सन्देश

रातोपोस्ट संवाददाता
७९० पटक

काठमाडौं , असार१ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने स्पष्ट सन्देश दिएका छन् । पार्टीभित्र उनको राजीनामाको विषयले विवाद बढिरहेको बेला ओलीले यस्तो सन्देश दिएका हुन् । ओलीको यो अभिव्यक्ति र विकसित घटनाक्रमले नेकपा फुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ ।

बिहीबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् । मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए । सोअनुसार छलफल भएपनि ओलीबाट यस्तो जवाफ आएको हो ।

ओलीले निराशबनाउने जवाफ र पार्टी बैठकमा समेत नआएपछि स्थिति थप जटिल बनेको छ । यही कारण बैठक शनिबारसम्म स्थगित भएको छ यो बीचमा सहमतिको अन्तिम प्रयास हुनेछ ।

प्रतिकृया दिनुहोस्