News Portal

छोटो दूरीमा सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
७८३ पटक

काठमाडौं, असार २६। सरकारले सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले असार २३ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको जानकारी दिए।

मन्त्री खतिवडाका अनुसार अहिलेको यो व्यवस्था छोटो दूरीमा चल्ने यातायातका साधनका लागि मात्र हो। लामो दूरीका यातायातका साधन चल्न दिनेबारे कुनै निर्णय गरिएको छैन।

काठमाडौं उपत्यकाका हकमा छोटोदूरीका यातायातका साधन यहीँभित्रका तीन जिल्लामा चल्न पाउनेछन्। बाहिरका हकमा भने जिल्लाभित्र मात्र चल्न पाउने व्यवस्था गरिएको छ।

छोटो दूरीका यातायातका साधनले यात्रुक्षमताको ५० प्रतिशतसम्म मात्र यात्रु चढाउन पाउनेछन्। त्यस्तै यो लकडाउनको अवधिमा गाडी चलाउँदा प्रचलित भाडादरमा ५० प्रतिशतसम्म अतिरिक्त भाडा लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ।

प्रतिकृया दिनुहोस्