News Portal

पहिरोले पुरेर काठमाडौंमै एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५२९ पटक

काठमाडौं, ५ साउन । काठमाडौंमै पहिरो जादाँ एक युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित घट्टेखोलामा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गुरुङको आइतबार साँझ पहिरोमा पुरिएर ज्यान गएको हो । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्