News Portal

काठमाडाैंमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार

रातोपोस्ट संवाददाता
४९१ पटक

काठमाडौँ, साउन ८। काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ। २२ वर्षीय ओखलढुङ्गा घर भएकी युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो।

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसके महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए।

उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको ज्ञवालीले जानकारी दिए । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्