News Portal

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

रातोपोस्ट संवाददाता
७५७ पटक

काठमाडौं, साउन १३ । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो।

बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गत असार २४ गते भारतको बैंग्लोरबाट ती पुरुष बझाङ आइपुगेका थिए। ती पुरुषमा दमको समस्या थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेकाे छ।

प्रतिकृया दिनुहोस्