News Portal

रकम नभएको खाताको चेक दिएर २४ लाख ठगी गर्ने लोहनी पक्राउ

रातोपोस्ट संवाददाता
५२३ पटक

काठमाडौं, साउन १३ । रकम नभएको खाताको चेक दिएर लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका-१४ तिखेदेवल बस्‍ने ४३ वर्षीय पारस लोहनीलाई काठमाडौं मातातिर्थबाट प्रहरीले पक्राउ गरेको छ।

खातामा रकम नभएको जानी जानी चेक दिएर आकाश लामिछाने समेत दुई जनालाई ठगी गरेको अभियोगमा उच्च अदालत पाटनको मिति २०७६।१०।२९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। त्यसपछि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए।

लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।

प्रतिकृया दिनुहोस्