News Portal

भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौं, भदौ ५ । सरकारले केही मुलुकहरुबाट भदौ १६ देखि नियमित हवाई उडान सुरु हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पीसीआर सहज भएका देशहरुबाट भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।

दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका सार्वजनिक गर्ने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्ने र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुने पर्ने सर्त राखिएको खतिवडाले बताए।

विदेशबाट आएका नेपाली सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ। त्यसरी होटल बस्दाको खर्च भने यात्रु आफैले बेहोर्नु पर्नेछ । सरकारले हवाई टिकटमे होटलमा क्वारेन्टिन बस्दाको खर्च पनि समावेश गर्न र उक्त रकम विमान कम्पनीहरुले होटललाई बुझाउनुपर्ने नियम पनि बताएको छ।

मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा खुला गर्ने तयारी भएको युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार पीसीआर सहज नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट भने आवस्यक परे चार्टर्ड उडानबाट मात्रै यात्रु ल्याउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्