News Portal

एकैदिन थपिए ८५५ संक्रमित, उपत्यकाका २३२ जनामा संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८४२ पटक

काठमाडौं,भदौ ९ । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा २३२ सहित देशभर ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्त गौतमका अनुसार काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १९ जना उपचारपछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३१३ जना डिस्चार्ज भएका छन् ।

१४ हजार २५० सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ । होम आइसोलेसनमा मात्रै ५ हजार ६६९ जना छन् । आज क्वारेन्टिनमा रहनेको संख्या १० हजार ४५३ छ । पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ३२७ जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्