News Portal

कोरोना संक्रमणबाट नेपालमा एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

रातोपोस्ट संवाददाता
४९९ पटक

काठमाडौँ, भदौ १९ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र एक जना चितवनका महिला रहेका छन् ।

त्यस्तै सप्तरीका २ जना, धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्