काठमाडौं, भदौ ३० । देशभर नोभेल कोरोना भाइरसका थप १ हजार ४५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २५० जना क्वारेन्टिनमा रहेका छन् । देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।