News Portal

प्रभावकारी बन्दै रक्तदान कार्यक्रम: अखिल(क्रान्तिकारी)मोरङद्वारा रक्तदान।

प्रविण अधिकारी
१०४६ पटक

०७भदौ ,माेरङ। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले पुर्वका विभिन्न जिल्लामा रक्तदान कार्यक्रमलाई तिव्र बनाएको छ।                                   

यसअघि सुनसरी,झापा,इलाम लगायतका पुर्वी जिल्लामा सम्पन्न भैसकेको रक्तदान कार्यक्रम हिजो माेरङमा समेत सम्पन्न गरिएको अखिल (क्रान्तिकारी )मेची-कोसी ब्युरो समन्वय समितिका संयोजक पुस्पले जानकारी दिए।         

हिजो मंगलबार अखिल (क्रान्तिकारी) जिल्ला समिति माेरङले रेडक्रस माेरङसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको र उक्त कार्यक्रममा १० जनाले रक्तदान गरेको जिल्ला संयोजक आकाशले जानकारी दिए।           

विश्वव्यापी काेराेना महामारी(Covid-19)का कारण देशभर रगतको अभावलाई मध्यनजर गर्दै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्