News Portal

डा. केसीको जीवनरक्षाको माग गर्दै शिक्षण अस्पतालमा दीप प्रज्वलन

रातोपोस्ट संवाददाता
६२७ पटक

काठमाडौं,असोज १३ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दीप प्रज्वलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले १६ दिनयता अनसनरत डा. केसीको जीवनरक्षाको माग गर्दै अस्पताल परिसरमा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन्।

दीप प्रज्वलन कार्यक्रममा अस्पतालका इन्टर्न डाक्टर र एमबिबिएस अध्ययनरत विध्यार्थी पनि सहभागी थिए। डा केसीको गम्भीर स्वास्थ्य अवस्था र सरकारकै दायित्व अन्तर्गतका माग नै डा केसीले राखेका हुँदा लोकलाजलाई पनि ख्याल गरेर छिटोभन्दा छिटो वार्ताको पहल गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।

१६ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा. केसी गत मंगलबार काठमाडौं आएका थिए। हाल उनी त्रिवि शिक्षण अस्पतालमा नै अनसनमा छन्। सरकारले आफ्ना माग पूरा नगरेसम्म अनसन जारी राख्ने अडान लिँदै आएका छन्। मेडिकल शिक्षा सुधारका अभियन्ता डा. केसीको यो १९ औं अनसन हो।

मेडिकल टिमले डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताए पनि सरकारले भने उनका मागबारे कुनै चासो देखाएको छैन।

प्रतिकृया दिनुहोस्