News Portal

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८७५ पटक

काठमाडौं, ८ कात्तिक । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले ७ कात्तिकमा गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उनले उल्लेख गरेका छन् ।

चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु दुवैजना होम आइसोलेसनमा रहेको उनले उल्लेख गरेका छन् । पछिल्लो समय आफूहरूको सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्