News Portal

ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

रातोपोस्ट संवाददाता
६६६ पटक

काठमाडौं, १५ कात्तिक कर्णाली प्रदेशको विवाद चर्किएर लामो समयदेखि प्रत्यक्ष छलफल हुन नसकिरहेको बेला शनिवार संवादहीनता तोड्दै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ओलीको आग्रहमा प्रचण्ड छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो समय राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली विवादमा ओलीको भूमिकाप्रति प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । विवाद बढेपछि दुई अध्यक्षबीच ११ दिनयता संवादसमेत हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्