News Portal

घुस लिँदालिँदै प्रहरी नायब निरीक्षकसहित तीन जना पक्राउ

रातोपोस्ट संवाददाता
४९५ पटक

काठमाडौं, १६ कार्तिक । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जना घुस रकमसहित पक्राउ परका छन्।

पक्राउ पर्नेमा सई कानुसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादव रहेका छन्। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिकन्दर प्रसाद कानुले सेवाग्राहीबाट रु। ५० हजार घुसररिसवत वापतको रकम लिई उक्त रकम सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको अवस्थामा निज सिकन्दर प्रसाद कानुसहित तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका वडा नं। १, बेल्ही सप्तरीबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका अनुसार प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस्