News Portal

छठ पर्वका कार्यक्रममा राष्ट्रपति सहभागी नहुने

रातोपोस्ट संवाददाता
४५५ पटक

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंमा छठपर्वका अवसरमा हुने दर्शनभ्रमण कार्यक्रममा सरिक नहुने भएकी छिन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार कोरोनाका कारण उक्त कार्यक्रममा राष्ट्रपति नजाने भएकी हुन्।

कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यू छठपर्वको अवसरमा गुह्येश्वरी–गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकामा यसपटक विश्व महामारी कोरोनाको कारण उक्त कार्यक्रमहरुमा सरिक हुन नसक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’

प्रतिकृया दिनुहोस्