News Portal

प्रधानमन्त्री ओलीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

रातोपोस्ट संवाददाता
६४४ पटक

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका छन् ।

पछिल्लो समय आफ्नै पार्टी नेकपाभित्रको विवादले चर्को रुप लिएको समयमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्