News Portal

मंसिरमा लगनगाँठो कस्दै अभिनेत्री स्वेता खड्का

रातोपोस्ट संवाददाता
७११ पटक

काठमाडौं, १८ मंसिर । नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो।

गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो। तर नायिका खड्काले यसअघि आफू प्रेममा नरहेको दाबी गर्दै आएकी थिइन्।

चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाजसेवासमेत गर्दै आएकी छन्। यसअघि २०७१ असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग खड्काको विवाह भएको थियो। तर सोही वर्ष साउनमा श्रेष्ठको निधन भएको थियो।

प्रतिकृया दिनुहोस्