News Portal

ओली भन्ने, के पार्टी वरमझियाको पेडा पसल हो ? हामी असली हो, तिमी नक्कली ? ‌

रातोपोस्ट संवाददाता
६०० पटक

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०२१ मा पार्टी सुदृढिकरण अभियानलाई अगाडि बढाउने बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीपक्षीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको लोकतान्त्रिक आन्दोलन स्पष्ट नीति भएको सही योजना भएको सही विचार भएको पार्टी नेकपा भएको र नेकपा आफ्नो भएको दाबी गरे। ‘पार्टीको बैठकमा उपस्थित नभएर हराएका साथीहरुले एउटा सभा गरेछन्। त्यहाँ एउटा साथीले एउटा नारा लगाए अर्को ले अर्को त्यही ठाकठुक भयो।

दुई दर्शन ढुंगा ठोकिए जस्तो। माथिका नेताको ध्यान जम्मा जम्मी कुर्सीमा छ। पदमा छ,’ उनले भने, ‘पद चाहिएको भए त सुन्तला खान त सुन्तला घारीमा जानुपर्छ, सल्लाघारीमा पद चाहिएको छ ठूलोठूलो लाग्नु भएको छ खडेरी परेका ठाउँमा। पार्टीलाई शुदृढ बनाउने छौँ पार्टीलाई आधि तुफानको रुपमा हाम्रो पार्टी अगाडि आउने छ।’

उनले पार्टी एकता गरेर तीन महिनामा गर्नुपर्ने काम तीन वर्षमा पूरा गर्न नदिएको आरोप लगाए। ‘एउटा कमिटी, तीनटा गुट, दुईटा गुटको एउट समीकरण। पार्टीको बैठक जस्तो थिएन,’ उनले भने, ‘जाम कहा रहेछ। दुईटा नटवल्टु फेर्दा साथ गाडी अगाडि सरर। हामीले पार्टी निकालेका हौइनौं। आफैँ खिया लागेर निस्केका।’ उनले असली पार्टी आफ्नो र सूर्य चिन्ह आफ्नो भएको दाबी गरे।

‘निर्वाचन आयोगमा निवेदन हालेछन् असली हामी हौँ भनेर, के यो बरमझियाको पेडा पसल हो ? असली भन्ने असली बुढाको पेडा पसल। पेडा पसल हो असली,’ उनले भने, ‘पार्टी असली हामी हो सूर्य चिन्ह हामीलाई दिनुहोला। निवेदन हालेका रहेछन्। जसको घर हो उ निवेदन हाल्न जान्छ ? हामी निवेदन हाल्न जानु पर्दैन। निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँसे होलान्!’

उनले प्रचण्ड-नेपाल समूहलाई भेट्नो कुहेर झरेका फलको संज्ञा दिए। ‘भेट्नो कुहेर झरेका फलहरुले रुखै मेरै हो भनेर दाबी गर्ने ?’ उनले भने, उनले प्रचण्ड-नेपाल समूहको संघर्षलाई रत्नपार्कमा औषधी बेच्नेको वरिपरी देखिने भिडको संज्ञा दिए।

‘पेरिसडाँडामा पत्रकार सम्मेलन छ र अहिले कहिले कहाँ भेला गर्ने कहिले सर्वदलीय अन्तर्क्रिया गर्ने भनेर,’ उनले ब्यङ्ग्य गरे, ‘ यति मान्छे त सीसीमा औषधी बेच्नेले पनि रत्नपार्कमा भेला गर्छ। रत्नपार्कमा औषधी बेच्नेले गानो गोला पिनास उहाँहरुको हालत त्यही हुनेछ। उहाँहरुसँग राजनीति छैन।’

प्रतिकृया दिनुहोस्