News Portal

४ लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

रातोपोस्ट संवाददाता
५८३ पटक

काठमाडौं, ५ चैत । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो ।

अधिकृत छैटौँ तहका पोखरेलले निर्माण सम्पन्नपछि बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगले बिहीबार रंगेहात पक्राउ गरेको हो।

पोखरेललाई घुससहित उनकै कार्यकक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्