News Portal

  • समाजवादी व्यवस्थाका निमित्त चुनौती किन नमोल्ने ?

    प्रशान्त
    २२३ पटक

    हामी एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप अहिले सम्मका सबैखाले राजनैतिक धोकाको चिरफार गर्दै देशमा सबैले खोजेको सामाजबादी ब्यबस्था स्थापनार्थ जुटेका छौं।

    यसका निमित्त यो ब्यबस्थाले खडा गरेका चुनौतिसंग लड्दै बलिदान सहित यँहासम्म आईपुगेका छौं।

    सबै पक्षको साथ सहयोगद्वारा नै हामी यहाँ आईपुगेका छौं। हाम्रा समाजमा केही त्यस्ता बौद्धिक कहलिएका मानिसहरुबाट संधै जसो लडेर के पाइयो ? भन्ने शब्द सुनिन्छ ।

    बिगतका हरेक परिवर्तनमा सहादत प्राप्त गरेका सहिददेखि हाल एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्ने १२ जना सहिदहरु समेतको उदाहरण दिन भ्याउँछ्न। उनीहरुको भनाई अनुसार परिवर्तनका मोर्चाहरुमा भागलिनु भनेको बलिको बोको हुनु हो। यस्तो अर्थ लगाई समाजमा डर पैदा गर्छ्न जुन कुरा सत्य होइन।

    पुरानो बिचारको फेरो समातेर नयाँ पुस्ताको प्रतिभा क्षमतालाई कानुनि नामको रुढीबादी चिन्तनको दरिलो पर्खालभित्र बलजफ्ती कैद गर्ने दुस्साहस गरिरहेका छ्न तर सत्य के हो भने पर्खाल चर्किसकेको छ । प्रकाशको गतिमा प्रतिभा क्षमताका कोपिला फक्राउने किरणले स्पर्श गरिसकेको छ।

    नयाँ बिचार, प्रतिभा, क्षमताका श्रोत कपाल फुलेका हाम्रा अभिभावकहरुलाई मुर्ख बुढाको संज्ञा दिने गर्छन र उरन्ठौलो चरीत्रको ब्याख्या गरेर आफु बौद्विक पल्टिन्छ्न। बास्तबमा उनीहरु अग्रगामी बिचारसंग डराउने दलाल सत्ताका मतियार कायरहरु हुन।

    डरले प्रतिभालाई दमन गर्छ र क्षमतालाई नष्ट । मानिसको प्रतिभाको ठूलो सत्रु चाहिने भन्दा धेरै डर हो। बहादुरहरु कम प्रतिभा भएपनि आफ्नो क्षमतामा विश्वास गर्छन्   र सफल हुन्छ्न। बौद्धिक भनेका केहि मानिस प्रतिभा भएर पनि असफल हुन्छ्न किनकी उनीहरु डरका कारण आफैलाई सफल हुने कुरामा आफ्नो क्षमतामा शंका गर्छन् । यसकारण बास्तबिक जिवनमा बौद्धिक कहलिएका भन्दा बहादुरहरु आगाडी छ्न।

    प्रतिभाद्वारा डरलाई शक्ति, चातुर्यमा बदल्न सक्ने र क्षमतालाई समाजको हितमा प्रयोग गर्ने मानिस नै बहादुर हो। हाम्रो देशमा बौद्धिकहरुको एउटा समूह आफुलाई यसरी बदल्न नसक्दा परिवर्तनबाट डराएर परिवर्तनको विरुद्धमा छन। सबै मानिसमा दुई खाले चरीत्र पाइन्छ। एक चुनौतीसंग जुद्ने र जोखिम उठाउन सक्ने चरीत्र अर्को चुनौतीसंग भाग्ने सामुपरे घुँडा टेकेर भिखमाग्ने। पहिलो चरित्रले मानिसको आत्मबिस्वास बढाउनका साथै बहादुर बनाउँछ दोश्रो चरीत्रले निरास, परजीवी र कायर बनाउँछ। पहिलो चरित्र भएका बहादुर नै परिवर्तनका योद्धा क्रान्तिकारी हुन।

    हाम्रा सामु परिवर्तनका धेरै संभावनाहरु थिए अझै छ्न। ती संभावनाको बाटो अंगाल्दा हिजोपनि चुनौती थियो अझैपनि छ भविश्यमा पनि हुने छ। हरेक परिवर्तनका मोर्चाहरुमा बहादुरहरूको रगत बगेको छ फलस्वरूप निरंकुश ब्यवस्था ढलेको छ, यद्यपि जनताको जिवनस्तरसंग जोडिएको कयौं समस्याहरु हिजोभन्दा आज पेचिलो बनेको छ । यसकाे जबाफ अहिलेको दलाल संसदीय ब्यवस्था मान्ने दलहरूले जनतालाई दिनु पर्छ । क्रान्तिकारी पार्टिले पनि दिनुपर्छ।

    हामीले भन्दै आएको छौं अहिलेको संकट कुनै ब्यक्ती या कुनै दल विशेषकाे कुरा हैन । यो ब्यवस्थाको कुरा हो। यसको समाधान क्रान्तिद्वारा मात्र संभव छ, सत्य यहि हो। हामीलाई कुनै दल या तिनका नेताकार्यकर्तालाई गाली श्राप गरेर समय बर्बाद गर्नु छैन तर परिवर्तनको उल्टो बखान गरेर सहादत प्राप्त बहादुरहरुलाई उदाहरण पेस गरेर आफुमा भएको परिवर्तनको डर लुकाई यथास्थितिबादी चिन्तनमा रम्ने प्रवृत्तिलाई चिर्नु पर्छ।

    बहादुरहरुको बगेको रगतलाई एकोहोरो क्षतिको दृष्टिले मात्र ब्याख्या गर्दै समाजमा डरको संस्कृति बिकास गरेर परिवर्तनको विरुद्धमा उभिने बौद्धिक कहलिएकाहरु निरास, परजीवी र कायरताको अर्को रुप हुन। त्यस्ता बौद्धिक जगतले बुझ्न जरुरी छ जनबिरोधी शक्ति केन्द्रहरुको दमनकारी बुट र बन्दुकको डरले जय जयकार गरेर ढिकुटी लुटेर चुएको दाना थाप्दै सरकारी नानाले छाला ढाकेका भरमा आफ्नो कायरताको वास्तविक चरित्र ढाकिदैन, आफुलाई बौद्धिक कित्तामा देखिने चाहाना हो भने परिवर्तनबाट डराउने हैनकी समाजमा परिवर्तनलाई स्वागत गर्ने संस्कृतिको बिकास स्थापित गर्न तिर लाग्नुपर्छ ।

    त्यसै पनि मृत्यु कसैको बहसको कुरा हैन नत कुनै उमेरको हकबन्दीनै हुन्छ, मानिसले आफ्नो जिवन कालभरि समाजप्रती उत्तरदायी बनेर पुराएको योगदान पुस्तौंसम्म मनन योग्य हुन्छ। त्यसकारण अहिलेको पुस्ताले आफ्नो जीवनकालमा समाजलाई गति प्रधान गर्ने अग्रगामी समाजबादी ब्यवस्थाका निमित्त किन चुनौती नमोल्ने ? हामी त्यसका लागी तयार छौं।

    प्रतिकृया दिनुहोस्