News Portal

अध्यक्ष प्रचण्डसँग युवाको भर्चूअल बैठक

रातोपोस्ट संवाददाता
१४३८ पटक

झापा, १ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज बिहान पार्टीको युवा संगठन वाइसिएल नेपालका नेताहरुसंग पछिल्लो राजनीतिक घटनाक्रमबारे भर्चुअल बैठक मार्फत छलफल गरेका छन ।

अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसंग गहन छलफल गरेर सुझाव समेत लिएकाे वाइसिएल प्रदेश नम्बर १ का संयोजक कर्म पूलामीले बताए । पार्टीमा २० प्रतिशत युवा र ३५ महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसंग सम्बन्धित विबिध बिषयमा भर्चुअल माध्यमबाट आवश्यक राय सुझावसंगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको संयोजक कर्म पूलामीले जानकारी दिए ।

याेङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष  रामप्रसाद सापकाेटा ‘दिपशिखा’ ले पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा लाग्न युवाहरुलाई निर्देशन दिएका छन् । भर्चुअल बैठक मार्फत अध्यक्ष दिपशिखाले प्रचण्डलाई संगठन चलायमान बनाउन साविकका सबै युवा संगठन, माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठानिक एकता कायम गरि सहकार्यमा अघि बढान सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्