News Portal

अक्सिजन प्लान्ट निर्माणको लागि विद्यार्थीकाे सहयोग अभियान

रातोपोस्ट संवाददाता
७९९ पटक

झापा, २० जेठ । झापाकाे कनकाई नगरमा बन्न लागेकाे नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि लालपानी माविका भुतपुर्व विद्यार्थीहरुले सहयोग अभियान संचालन गरेका छन ।

विद्यार्थीबाट रकम संकलन गरि अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग गरि हस्तातरण गरिने अभियानका सदस्य प्रदिप उप्रेतीले बताए ।

अभियानले हालसम्म एक लाख वढी रकम देश विदेशमा रहेका लालपानी माविका भुतपुर्व विद्यार्थीहरुबाट संकलन गरिसकिएको  २ लाख रुपैँया संकलन गरेर हस्तानतरण गर्ने योजना रहेको अभियानका सदस्य दिनेश मैनालीले जानकारी दिए  ।

कोभिड १९ को विषम परिस्थितिमा कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि लालपानी पूर्व विद्यार्थी शैक्षिक बिकास ट्रस्ट मार्फत सहयाेग गरिएको आह्वानमा विद्यार्थीहरुबाट विभिन्न देश विदेशमा बस्ने भुतपुर्व विद्यार्थीबाट सहयोग रकम आउने क्रम जारी रहेको उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस्