News Portal

खाधान्न बैंक स्थापना गरि माओवादी केन्द्रद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

रातोपोस्ट संवाददाता
११७२ पटक

झापा, २४ जेठ   । झापाको भद्रपुरमा नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्न खाधान्न् बैंक स्थापना गरेको छ । भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । अभियानको पहिलो दिन १५० परिवारले खाद्यान्न सामग्री वितरण गरिएकाे नेकपा माओवादी केन्द्रका भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलले बताए ।

पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, सहयोगी एवं शुभचिन्तकहरूबाट प्राप्त भएको सहयोगबाट राहत जु टाइए भद्रपुर-४ स्थित पार्टी कार्यालयमा खाधान्न् बैंक स्थापना गरि पाटिले खाद्यान्न सामग्री वितरण  गरिएकाे नगर इन्चार्ज सन्जेलले जानकारी दिए ।

प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे (हिक्मत) को नेतृत्वमा प्रति  परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर तेल, १ प्याकेट नुन वितरण गरेको कमिटीका सदस्य पुष्कर राजवंशीले जानकारी दिए । अति विपन्न परिवारका लागि निषेधाज्ञाभरि नै याे अभियान निरन्तर सञ्चालन गरिने अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्