News Portal

बालुवाटारबाट नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा पक्राउ

रातोपोस्ट संवाददाता
४३० पटक

काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो । खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायत २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिकृया दिनुहोस्