News Portal

जनमोर्चाका सांसद थापा पुनः पदमुक्त

रातोपोस्ट संवाददाता
३५९ पटक

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनः कारबाही गरेको छ । विहीबार सांसद थापाले पार्टीको ह्वीपअनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विरुद्धमा मतदान गरेका थिएनन् । उनी पार्टीको निर्देशनविपरित तटस्थ बसेपछि कारबाही गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् ।

जनमोर्चाले सांसद थापालाई कारबाही गरिएको जानकारी प्रदेशसभालाई गराएको छ । पार्टीको सूचना प्राप्त गरेसँगै प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ । जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरे पनि सर्वोच्चले पुनर्बहालीको लागि अन्तरिम आदेश दिएको थियो ।

पार्टीले कारबाही गरेपछि थापा वैशाख १२ मा जारी भएको निर्देशन १५ गतेको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए । उनको रिटमा २३ जेठमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्