News Portal

नेपालमा पछिल्लो २४ घण्टामा ३९९४ जना कोरोना संंक्रमित निको भए

रातोपोस्ट संवाददाता
३९० पटक

काठमाडौँ, ३० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्