News Portal

झापामा आइतबार १५६ जनामा काेराेना पुष्टि, १ सय ३१ जना उपचारपछि डिस्चार्ज

रातोपोस्ट संवाददाता
३९५ पटक

झापा, ३० जेठ । पछिल्लो २४ घण्टामा झापामा थप १ सय ५६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या १२ हजार २ सय ४२ पुगेको छ ।

आज थप १ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ९ हजार ४ सय ९३ जना पुगेको छ ।

यस्तै, झापामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । योसँगै झापामा कुल कोरोना संक्रमितको मृत्यु संख्या ३ सय पुगेको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्