News Portal

काँकरभिट्टा ट्राफिक प्रहरी प्रमुखमा : शर्मा

रातोपोस्ट संवाददाता
६०९ पटक

झापा, २ असार । झापाको मेचिनगरस्थित अस्थायी ट्राफिक प्रहरी पाेस्ट  काँकरभिट्टाकाे प्रमुखमा यज्ञराज शर्मा आएका छन् । कृष्ण प्रधानको ठाउँमा काँकरभिट्टा ट्राफिक प्रमुखको जिम्मेवारीमा प्रहरी नायक निरीक्षक यज्ञराज शर्मा आएका हुन ।

अस्थायी ट्राफिक प्रहरी पाेस्ट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका शर्माले आज पत्रकारसँग कुराकानी गर्दै काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए । हिजाेबाट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हाल्न आएका शर्माले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीबाट आएका हुन् । विगतमा पनि आफूले झापाकाे दमकमा ट्राफिक प्रमुखमा रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा रहेकाे बताए ।

उनले भने– नेपालका अन्य सहर भन्दा यो सहरमा ट्राफिक व्यवस्थापन भिन्न छ तर सबैको सहयोगमा मेरो कार्याकाल सफल हुनेमा म विश्वस्त रहेकाे उनले बताए । ‘प्रहरीको मात्र सक्रियतामा मात्र फलता प्राप्त गर्न नसकिने भन्दै उनले सबैको सहयोग रहेमा काँकरभिट्टामा ट्राफिक व्यवस्थापनमा आफ्नो टिमले सफलता प्राप्त गर्ने उनले बताए ।

उनले भने– ढुक्क हुनुहाेस्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन म लाग्नेछु ।’यसमा सबैकाे सहयोगकाे आवश्यक रहेकाे शर्माले बताए । प्रहरी नायक निरीक्षक कृष्ण प्रधानको भने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ । उनले काँकरभिट्टा ट्राफिक  प्रमुख भएर ९ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्