News Portal

अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चम्लागाई

रातोपोस्ट संवाददाता
३९९ पटक

झापा, ३ असार । झापाकाे अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीमा अम्विकाप्रसाद चम्लागाई आएका छन् । प्रमुख प्रशासकीय अधिकृतकाे रिक्त रहेकाे पद एक महिनापछि पूर्ति भएकाे हाे ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा चम्लागाई आएका हुन् । उनी सामाजिक विकास मन्त्रालयमा उपसचिवको पदमा रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले बुधबारबाट अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन् ।

कोरोना भाइरस संक्रमणबाट एक महिनाअघि प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएपछि रिक्त रहेको पदमा चम्लागाई आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई नगरपालिकाका प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा र नगरपालिकाका कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्