News Portal

गौरीगंजका विपन्न समुदायका छात्रालाई निःशुल्क साइकल वितरण

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, ५ असार । झापाको गौरीगंज गाउँपालिका- १ वडा कार्यालयले वडा भित्रका कक्षा ११ मा अध्ययनरत विपन्न समुदायका छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । अध्ययन कार्यमा हौसला मिलोस् र थप शिक्षा हासिल गर्न विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले ११ कक्षामा अध्ययनरत ४७ जना छात्राहरूलाई शुक्रवार एक कार्यक्रमका बिच साइकल वितरण गरेको हो ।

गौरीगंज गाउँपालिका १ नम्बर वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको साइकल वितरण कार्यक्रममा वडा सदस्यहरू राजभक्त सुनुवार, जानुका गौतम, टङ्क प्रसाद श्रेष्ठ, सुनिता पासवान, कार्यपालिका सदस्य भीम प्रसाद राजवंशी, बाल कल्याण माविका प्रअ भीम कोइराला, प्रअ तेजनारायण राजवंशी, प्राविधिक सन्तोष ढकाललगायतको उपस्थित रहेका थिए ।

वडाकाे बजेटबाट ४ लाख १० हजार रुपैयाँ बराबरकाे ६० जना छात्राहरूलाई साइकल वितरण गर्ने योजना रहेको वडा अध्यक्ष राजवंशीले बताए । उनले भने – ‘६० जना मध्ये ४७ जनालाई साइकल वितरण गरेका छौँ, अब बाकी रहेकालाई पनि क्रमशः वितरण गरिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्