News Portal

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनको आज देशभर प्रदर्शन

रातोपोस्ट संवाददाता
३६६ पटक

काठमाडौँ, १६ असार । प्रतिनिधिसभा विघटनविरुद्ध आज विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्दैछन् ।

अनेरास्ववियु क्रान्तकारीका नेता सुरेन्द्र बस्नेतका अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केन्द्रम उपलब्ध नेताहरुको उपस्थितिमा प्रदर्शन हुनेछ । जिल्ला तहमा भने स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिनेछ ।

असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको तथा भ्रष्टाचार, महंगी बढ्दा पनि नियन्त्रण नगरिएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) संयुक्त आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस्