News Portal

झापामा थप २२३ संक्रमित, ५ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
८५२ पटक

झापा, ९ साउन । झापामा शनिबार आज थप २२३ जनालाई काेराेना संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो ।

यसैगरी, आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुई जना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । त्यस्तै, दमककी ३० वर्षिया महिला, गौरीगञ्जका २४ वर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२५ पुगेको छ ।

योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्