News Portal

मेचीनगरबाट ३४ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
१०५२ पटक

झापा, १४ साउन । झापाकाे मेचीनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी र इलाका प्रहरी धुलाबारीकोे संयुक्त टोलीले बिहिबार दिउसाे ३४ ग्राम ब्राउनसुगरसहित मेचीनगर- १ बस्ने २६ वर्षीय सराेज भुजेल र मेचीनगर- १ कै ३५ वर्षीय निर्मल भुजेल भन्ने झलक भूजेललाई पक्राउ गरेको हाे ।

मेचीनगर- ९ लिलाबस्तीबाट प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा ३५ ग्राम ब्राउन सुगरसहित २ थान मोटरसाइकल र २ लाख ५१ हजार नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।

प्रतिकृया दिनुहोस्