News Portal

जापानले कोभ्याक्स परियोजना अन्तर्गत उपलब्ध गराएको अष्ट्राजेनेका नेपाल आइपुग्यो

रातोपोस्ट संवाददाता
४३७ पटक

काठमाडौं, २३ साउन । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको अष्ट्रजेनेका खोपको पहिलो खेप नेपाल आईपुगेको छ । जापान सरकारले उपलब्ध गराएको ३ लाख भन्दा बढी खोप शनिबार बिहान त्रिभुवन विमानस्थल आईपुगेको हो । कतार एयरवेजको विमानमार्फत खोप नेपाल आइपुगेको हो ।

जापान सरकारले कोभ्याक्समार्फत उपलब्ध गराउने भनिएको १६लाख अष्ट्रजेनेका खोप मध्ये आज पहिलो खेपमा ३ लाखभन्दा बढी डोज आएको बताइएको छ । शनिबार र आइतबार गरी ८ लाख डोज खोप नेपाल आइपुग्ने बताइएको छ ।

यसअघि शुक्रबार भुटानले पठाएको २ लाख ३० हजार डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको थियो । सरकारले कोभिशिल्डको दोश्रो डोज लगाउन बाँकीहरुलाई यही साउन २५ गतेबाट दोश्रो डोज स्वरुप अष्ट्राजेनेका दिने तयारी गरेको छ

प्रतिकृया दिनुहोस्