News Portal

लोकप्रिय युवा नेता राई सचिवको उम्मेदवार

रातोपोस्ट संवाददाता
१२६३ पटक

मेचीनगर, २ असाेज । नेपाली कांग्रेसको नगर अधिवेशनमा काँकरभिट्टाका लोकप्रिय युवा नेता अशोक कुमार राईले उम्मेद्धारी घोषणा गरेका छन्।

स्कुल जीबन कालदेखि नै नेपाली कांग्रेसमा सक्रिय राई त्यसपर्यन्त विगत दुई दशकदेखि नेपाली कांग्रेसमै प्रतिवद्धरुपमा लागेका युवा नेता हुन्। उनी जस्तो समस्यामा पनि पार्टीबाट विचलित भएन । उनी सतिसाल झै पार्टीको उन्नती प्रगतिमा उभिनै रहे ।

कांग्रेसको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट शुरु गरेका हुन राईले । २०६५ सालमा उनी काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वबियु सचिबको रुपमा उम्मेदवार पनि बनेका थिए । विशेष कारण चुनाव हुन पाएन । अन्तत: यिनको सचिव बन्ने धोको अधुरै रह्यो । तर, उनले नेबिसंघकै क्षेत्रीय सभापति भएर दुई कार्यकाल पुरा गरे । उनले आफ्नो कार्यकालमै काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेबि संघलाई ऐतिहासिक जीत दिलाए । नेबिसंघको प्यानल नै बिजय गराउने मुख्य श्रेय युवा नेता राईलाई नै जान्छ ।

समकालीनहरु उनलाई इमान्दार र भिजन भएको युवा नेताको रुपमा चित्रण गर्छन्। नगरका एक तरुण नेता भन्छन्,‘यही गुणले उनी राजनीतिमा निरन्तर सफल भइरहेका छन् ।’ आगामी चुनावमा अत्याधिक मतका साथ राईको जित सुनिश्चित रहेको ती तरुण नेताको दावी छ ।

उनी राजनीतिसंगै सामाजिक संघसंस्थाहरुमा निरन्तर सक्रिय छन्। केही समय अघि मेची सामुदायिक प्रहरी सेवा केन्द्रकाे निर्वाचनमा उनले अत्याधिक मत पाएर लोकप्रिय सदस्यको रुपमा आफूलाई स्थापित गरिसकेका छन्। गैरसरकारी संस्था नाईट चेस क्लबका वर्तमान महासचिव उनी काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर र किरात राई यायोक्खा नगर समितिको सचिव छन्। ‘प्राय: सबै सामाजिक संघ संस्थाहरुमा सचिव जितेको छु’, राईले मतदातासंग अनुरोध गरे,‘मतदाताले पत्याएर जिताउनु भयो भने, पार्टीको पनि सचिव बन्छु ।’केन्द्र

प्रतिकृया दिनुहोस्