News Portal

गुट उपगुटको अन्त्यका लागि मेरो उमेद्वारी, नगर उपसभापति पदको प्रत्यासी उम्मेद्वार बिमली

रातोपोस्ट संवाददाता
६१८ पटक

झापा, ८ असोज । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेसनमा झापाको शिबसताक्षी नगर उपसभापतिका प्रत्यासी उम्मेद्वार नेत्र प्रसाद बिमलीको नाम चर्चामा छ । बिद्यार्थीकालिन समयदेखि नेबिसंघमा सक्रिय नेत्र प्रसाद बिमली र उनका परिवारले धरमपुरमा नेपाली काँग्रेस पार्टीलाई महत्वपूर्ण योगदान दिदै आएका छन् । उनकै परिवारले धरमपुरमा नेपाली काँग्रेस पार्टीलाई कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जमिन निःशुल्क प्रदान गरेका थिए ।

सरल जीवन, उच्च बिचार, शालिन, भद्र, मिलनसार, प्रष्ट बिचार, निडर, तार्किक, मृदृभाषी  बिमलीले नगर उपसभापतिमा बिजयी हुने बताए । उनले एक पटकलाई नगर उपसभापतिमा बिजय गराउन  सदस्यहरुलाई आग्रह गरेका छन् । उनी एक व्याक्ती एक पद र एक कार्याकालको लागि मात्रै प्रावाधान बनाउन माग गरिरहेका छन् ।

राजनीति, सामाजिक र व्यवसायिक क्षेत्रमा बिमलीको नाम कुनै नौलो छैन् । धरमपुरमा काँग्रेसको संस्थागत विकास, संगठन निर्माणमा विमली परिवारको योगदान महत्वपूर्ण छ । बिमली परिवारको नाम पार्टीमा उच्च सम्मानका साथ सधै चर्चा भइरहने गर्दछ ।

नेत्र बिमली राजनीतिमा बिद्याथीकालदेखिनै प्रवेश गरेका हुन् । उनी नेबिसंघ, तरुणदल हुदै हाल पार्टीको जिम्मेवारीसहित कार्यक्षेत्रमा सक्रिय छन् । साविकः धरमपुर–५ हालः शिबसताक्षी–२ मा उनै बिमली परिवारले नेपाली काग्रेस पार्टी कार्यालय स्थापनाका निम्ति १ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएका थिए ।

बिमली शिबसताक्षी–२ मंगलाबारे बजारमा बसोबास गर्छन् । उनी, काजी बिमली एम्बुलेन्सको सञ्चालक हुन् । काजी बिमली स्मृती प्रतिष्ठान मार्फत सञ्चालनमा ल्याइएको एम्बुलेन्सले धरमपुरसहित शिबसताक्षीमा सेवा पुर्याइरहेको छ ।

सामाजिक र रानजीतिसँगै उनी मंगलबारे बजारमा व्यवसाय गर्छन् । मंगलबारे बजारमा उनी अध्यक्ष रहेको स्वतन्त्र बहुदेश्यीय सहकारी संस्था समेत सञ्चालनमा आएको छ ।

प्रतिकृया दिनुहोस्