News Portal

युभेन्टससँग चेल्सी पराजित

एजेन्सी
५७० पटक

काठमाडौं, १४ असाेज ।घरेलु लिगमा संघर्षरत युभेन्टसले च्याम्पियन्स लिगको समूह एच अन्तरगतको खेलमा चेल्सीलाई पराजित गरेको छ । फेडेरिको चिएसाको एक मात्र गोलको मद्दतले युभेन्टस विजयी भएको हो ।

फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फालेका थिए । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले पनि दुईवटा गोलको अवसर गुमाएका थिए । त्यस्तै, काई हार्भट्जले पनि गोल गर्नबाट चुकेका थिए । समूहकै अन्य खेलमा जेनिट सेन्ट पिटर्सबर्गले माल्मोलाई ४–० ले हरायो ।

समूह एचमा युभेन्टस ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेल्सी र जेनिटको समान ३ अंक रहेको छ भने माल्मो अंकविहीन छ । बुधबार नै भएका अन्य खेलमा आरबी साल्जबर्गले लिललाई २–१ गोलअन्तरले हरायो । वुल्भसवर्ग र सेभियाले भने १–१ को बराबरी खेले ।

प्रतिकृया दिनुहोस्