News Portal

जन्मदिनकाे अवसरमा अध्यक्ष बजगाईंद्वारा बाल उद्धार केन्द्रलाई ११ हजार सहयाेग

रातोपोस्ट संवाददाता
८१४ पटक

झापा, १७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरकी नगर अध्यक्ष सबिना बजगाईंले आफ्नो जन्मदिनको अवसर पारेर जागृत बाल उद्दार केन्द्रलाई आर्थिक सहयोग गरेकी छिन् । बुधबार एक कार्यक्रम आयोजना गरी बजगाईंले मेचीनगर- ७ मा रहेकाे बाल उद्धार केन्द्रलाई ११ हजार रुपैया सहयाेग गरेकी हुन ।

‘मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् ’ बजगाईंले भनिन —‘ जन्मदिनको अवसरमा बाल उद्धार केन्द्रलाई आर्थिक सहयोग उनले बताइन् ।

जन्मदिन मनाउन समेत पश्चिमा संस्कृतीको सहारा लिनु परेको र यस्तो प्रवित्तीले सामाजिक विकृति समेत निम्त्याउन थालेको हुनाले समाजमा केहि नयाँ काम गरौँ भन्ने उद्देश्यले बाल उद्धार केन्द्रलाई जन्मदिनकाे अवसरमा सहयाेग गरेकाे बजगाईंले बताइन् ।

प्रतिकृया दिनुहोस्