News Portal

महाकवि देवकोटाको जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइयो

रातोपोस्ट संवाददाता
५२६ पटक

झापा, १८ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवी देवकोटाको जन्मजयन्ती मनाएको हो ।

संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शुभद्रा भट्टराई अर्याल, साहित्यकार पुन्यप्रसाद खरेल, समाजसेवी सविना बजगाई, लगायतले देवकोटाको जीवनी र योगदानका बारेमा चर्चा गरेका थिए ।

देवकोटाको पुर्णकदको शालिकमा प्रमुख अतिथी, अतिथी लगायतका व्यक्तित्वहरुले माल्यापर्ण गरी कार्यक्रमको शुरुवात गरेका थिए । देवकोटा पार्क व्यवस्थापन समितिका कार्यक्रम संयोजक बालकृष्ण थापाको सभापतित्वमा भएकाे कार्यक्रम स्वागत मन्तव्य डिल्लीराम घिमिरेले गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन भने सचिव फडिन्द्र घिमिरेकाे रहेकाे थियाे । कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेल, एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, एसका मेचीनगर सचिव हरि तिम्सिना, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र प्रसाई, ईलाका प्रहरी कार्यालयका प्रमुख सुनिलसिंह दाहाल, युवा संघका मेचीनगर अध्यक्ष मान बहादुर तामाङलगायत साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।

देवकोटाको जन्मजयन्तीको अवसरमा साँझ ७ बजे देवकोटा पार्कमा सास्कृतिक कार्यक्रम समेत हुने संयोजक थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्