News Portal

माओवादी केन्द्रकाे मेचीनगर ११ काे अध्यक्षमा रिजाल

रातोपोस्ट संवाददाता
५७४ पटक

झापा, ४ मंसिर । नेकपा माओवादी केन्द्रले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । मेचीनगरमा पनि वडा अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ । मेचीनगरका पाँचवटा वडामा शनिवार एकसाथ अधिवेशन सम्पन्न गरिएको छ ।

नेकपा माओवादी केन्द्र मेचीनगर- ११ का निवार्चन संयाेजक शान्तिराम चिमरीयाका अनुसार वडा नं. ११ को अध्यक्षमा राम कुमार रिजाल, उपाध्यक्षमा लिलम प्रसाइ, सचिवमा चन्द्र बर्देवा, सहसचिवमा राधा कृष्ण सापकाेटा र कोषाध्यक्षमा विना कार्की चयन भएका छन् । वडा कमिटी २९ सदस्यीय रहेको छ । वडामा भएको अधिवेशनमा पार्टीका प्रदेश समिति सदस्य प्रकाश भण्डारी ( संजोक) को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका नेताहरु जिल्ला सदस्य आयुशा, जिल्ला सदस्य नरेन्द्र मेचे, नगर संयाेजक नगर संयोजक पुष्प गुरागाईं, नगर सदस्य ज्ञानेन्द्र घिमिरे, नेता माधव अर्याल, वाइसीयलका मेचीनगर संयोजक विनोद मण्डल र नगर सदस्य कृष्ण काैंशललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्