News Portal

माओवादी केन्द्र मेचीनगर –३ को अध्यक्षमा दास

रातोपोस्ट संवाददाता
४०८ पटक

झापा, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) मेचीनगर –३ को अध्यक्षमा चन्द्र दास चयन भएका छन् । बुधबार मेचिनगर- ३ मा रहेकाे सहिद प्रतिष्ठान हलमा भएको वडा अधिवेशनबाट दास सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा सन्तोश राईं चयन भएका छन् ।

यस्तै, सचिवमा गंगा दाहाल, सहसचिवमा कृष्ण गजमेर, कोषाध्यक्षमा सुस्मिता कटेल सर्वसम्मत चयन भएको निवार्चन संयाेजक सि. बि. मगरले जानकारी दिए । वडा कमिटी २९ सदस्यीय रहेको छ । कार्यक्रमकाे प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला संयाेजक मणिकुमार साम्पाङ विजयकाे रहेकाे थियाे ।

कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य प्रकाश भण्डारी (संजोक), नगर संयाेजक पुष्प गुरागाईं, जिल्ला सदस्य इन्दिरा कार्की, जिल्ला सदस्य नरेन्द्र मेचे, नगर समन्य समिति सदस्यहरु ज्ञानेन्द्र घिमिरे र राजन चिमरिया, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष अध्यक्ष हरि निरौला, नेता कृष्ण काैंशल, गाेपी रिजाल, दिनेश ओलीलगायत नेताहरुकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा सहिद दिनेश गुरागाईंका बुवा गंगाप्रसाद गुरागाईंकाे उपस्थित रहेकाे थियाे । माओवादी केन्द्रले यस अघि मेचीनगरका अन्य वडाकाे भने अधिवेशन सम्पन्न गरेकाे छ । गंगा दाहलले संचालन गरेकाे कार्यक्रमकाे अध्यक्षता इन्द्र सुब्बाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्