News Portal

बुटवलमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

रातोपोस्ट संवाददाता
३५७ पटक

काठमाडाैँ, १२ मंसिर । रूपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा विद्युत सर्ट भएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

भवनमा विद्युत् विस्तारका क्रममा तार सर्ट भएर विद्युत् प्राधिकरणका कर्मचारी अर्घाखाँची सन्धिखर्क घर भई बुटवल–३ बस्ने वसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलमा प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घाइते दुवै जना बुटवल–४ मा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्