News Portal

कांग्रेस प्रदेश अधिवेशन सर्‍यो

रातोपोस्ट संवाददाता
३३५ पटक

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति सरेको छ । अधिवेशन सुरु हुन दुई दिनमात्र बाँकी रहँदा मिति सारिएको हो । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार यही मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ ।

प्रदेश अधिवेशनको मिति सार्न मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सो छलफलमा सहमति भएपछि निर्वाचन समितिले प्रदेश अधिवेशनको मिति सारेको हो ।

निर्वाचन समितिका अुसार १७ गते मनोनय दर्ता हुनेछ भने १८ गते उद्घाटन गरिने छ । सात वटै प्रदेशको अधिवेशन एकै पटक हुनेछ । प्रदेश अधिवेशन सकिए लगत्तै काठमाडौँमा यही मंसिर २४ गते महाधिवेशन उद्घाटन हुने छ । २१ गते केन्द्रीय महधिवेशनका लागि उम्मेदवारी दर्ता हुनेछ । अहिले विभिन्न जिल्लाहरुमा अधिवेशन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्