News Portal

राप्रपाको महामन्त्रीमा रेखाले उम्मेदवारी दिने

रातोपोस्ट संवाददाता
२९९ पटक

काठमाडाैँ, १६ मंसिर । पछिल्लो समय राप्रपा नेपालबाट राजनीतिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएकी छन् । राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका नेता राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका लागि आज मनोनयन दर्ता गर्ने भएकी हुन् ।

राप्रपाको विधान अनुसार महामन्त्रीका लागि रहेका तीन पदमध्ये एक जना महिला अनिवार्य रहेको छ । उनले महिला कोटामा उम्मेदवारी तयारी गरेकी हुन् । यस अघि लिङदेनको प्यानलबाट धवल शमशेर राणाको उम्मेदवारी तय भइसकेको छ ।

प्रतिकृया दिनुहोस्