News Portal

राप्रपा महाधिवेशमा १ हजार ५ सय मत खस्यो

रातोपोस्ट संवाददाता
५२५ पटक

काठमाडौं, १८ मंसिर । नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । महाधिवेशनमा प्रदेश १ बाट २ सय ५६ जना, प्रदेश २ बाट १ सय ७० जना, बागमती प्रदेशबाट २ सय ४५ जना, गण्डकी प्रदेशबाट २ सय ५० जना, लुम्बीनी प्रदेशबाट ५ सय जना, कर्णाली प्रदेशबाट १ सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट १ सय ७५ जना प्रतिनिधि सहभागी छन् ।

कुल १७९३ जना प्रतिनिधिध रहेका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत अनुसार अहिले १ सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन् । एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेकाे छ ।

प्रतिकृया दिनुहोस्