News Portal

माओवादी केन्द्रले आज प्रदेश सम्मेलन गर्दै, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

रातोपोस्ट संवाददाता
३६७ पटक

काठमाडौँ, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्दैछन् ।

सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुन लागेको सम्मेलनको अध्यक्ष प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

प्रतिकृया दिनुहोस्