News Portal

कांग्रेस चुनाव अपडेट : दुई बजेसम्म खस्यो ६०० मत

रातोपोस्ट संवाददाता
३९६ पटक

काठमाडौँ, २७ मंसिर । नेपाली नयाँ कार्यसिमिति चयन गर्न जारी मतदानमा ६०० मत खसेको छ ।मतदान शुरू भएको साढे २ घण्टामा ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।

मतदान भइरहेका भृकुटीमण्डपका दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रका २ बजेसम्म कूल ६०० मत खसेको उनले बताए ।धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई करिव एक घण्टा लागेकाले मतदानमा ढिलाइ भएको समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस्