News Portal

संसद बैठक अवरोध जारी राख्ने एमालेको निर्णय

रातोपोस्ट संवाददाता
९१८ पटक

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । संसदको हिउँदे अधिवेशन बस्नुअघि संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न निर्देशन दिएका थिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई निष्काशन नगरेसम्म संसद अवरोध जारी रहने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।सभामुखले माओवादी केन्द्रको एजेण्डा बोकेर एमालेले कारबाही गरेका व्यक्तिको पक्षमा पृष्ठपोषण गर्ने काम गरेका छन्’, भट्टराईले भने, ‘अवैध सांसद प्रतिनिधिसभामा कायम रहेसम्म एमालेले संसद अवरोध जारी राख्छ ।’

प्रतिनिधिसभाकाे हिउँदे अधिवेशन दिउँसो बस्दैछ । एमालेले साउनको अन्तिम साता माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गरेको सूचना संसद सचिववालयमा दर्ता गरेको थियो । समाभुख अग्निप्रसाद सापकोटाले कारवाही प्रक्रिया नमिलेको भन्दै १५ दिनपछि जवाफ पठाएको थियो । त्यसयता संसद बैठक एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्